चितवन / कोरोना संक्रमित बढेपछि चितवनमा निषेधाज्ञासँगै जनजीवन अस्तव्यस्त बन्दै गएको छ । तर चितवनका युवा तथा समाजसेवी अबिरल पोखरेल असाहयकोे सेवामा तल्लीन छन् ।
पोखरेल भरतपुर महानगरमा विपद् व्यवस्थापन अन्र्तगत वरुण यन्त्रका सहायक ईन्चार्ज हुन्,। उनी यतिबेला कोरोना नियन्त्रण लागि पिसिआर परीक्षणको सिसिआईसीटी टिमको ईन्चार्ज भएर आम सर्वसाधारणको सेवामा व्यस्त छन् ।
चितवनमा कोरोनाको महामारी ह्वात्तै बढेपछि उनको व्यस्तता पनि बढेको हो । पोखरेल दैनिक कारोना संक्रमित बिरामीहरुको पिसिआर परीक्षण र विदेश र अन्य जिल्लाबाट जिल्लामा आएकालाई क्वारेन्टिनमा पुराउने र पिसिआर गराउन आफै एम्बुलेन्स चलाएर दैनिक खटिन्छन् ।
एक हप्ता अगाडि मात्रै भरतपुर– २९को गाइघाटबाट बेसहारा अशक्त वृद्वालाई उनले उद्धार गर्न सफल भए । ६९ वर्षकी महिलालाई पोख्रेलले गाडीमा लिएर आएका हुन् र उनले वृद्धालाई भरतपुर –१० स्थित क्वारेन्टिन ल्याए । वृद्धाको नियमित हेरचाहा सरसफाई खानपान लगायतको विषयमा पोख्रेलले पिसिआएर परीक्षण गराउँदै उनलाई मानवसेवा आश्रम राख्ने तयारीमा छन् । वेसाहरा महिलालाई धेरैले हेला गरेको र उद्धार समेत गर्न हिचकिचाएपछि मेयर रेनु दाहाललाई जानकारी गराउँदै महिलाको उद्धार गरेको बताए ।

स्वास्थकर्मी मोहन तिवारी, सन्तोष तिमल्सिना लगायतको टिम लागेर पिसिआर परीक्षणको लागि नमुना सकंलन गरि कोभिड प्रयोगशालामा पठाइएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएमा उक्त बृद्बालाई बृद्वाश्रम वा अन्य ठाउँमा लानको लागि मेयर रेनु दाहालसँग पहल गर्ने उनको सोच छ ।
कोरोना संक्रमित र आशंका गरिएकालाई हेला होइन् माया गर्नु भन्दै उनले आफुले विपद् यो घडीमा सहयोगी बन्दै सेवा गर्न पाएकोमा आफुलाई ठुलो आत्म सन्तुष्ट मिल्ने गरेको बताए । शुरुमा कोरोना संक्रमित र आशंका गरिएकालाई एक ठाँउबाट अर्को ठाँउमा पुराउछ भनेर धेरैले हेप्दा केही खिन्न भएपनि कोरोना कहर बढेसगैँ आम सर्वसाधारणको धारण र सचेतना बढेकोमा उनी खुसी छन् ।
आफुले महानगर मार्फत पठाएको २४ सय जनाको पिसिआर गराउन एम्बुलेन्समा लगेको र विदेशबाट आएका ४ हजारलाई बढीलाई क्वारेन्टिन पुराएर सेवा दिएको उनको भनाई छ । ।
सत्यकर्ममा मनदेखि जुट्नुपर्छ’, उनले भने, ‘सबै कुरा विस्तारै प्राप्त हुन्छ ।’ यति धेरैलाई एकै सेवा गर्न सकौला भन्ने आफुले कल्पना समेत नगरेको उनी भन्छन् । आत्मबल बढाएर काम गरे सकिने रहेछ ।’
कोरोनाको महामारी छ, उनले भने, महानगर प्रमुख रेनु दाहाल पनि आम जनतालाई कसरी सहज सेवा दिन सकिन्छ, भनेर चिन्तित हुनुहुन्छ । उहाँले थालेको अभियानलाई सफल बनाउन टिम काम गर्दा खुसी छु ।’
यो समाजले सधैं प्रेरक मान्नुपर्दछ । उनले आफ्नो जीवन भोगाइले गर्दा जसरी पनि अरूको सेवा र सहयोगका निम्ति झन्झट र दुःख फिटिक्कै महसुस गरेनन् । अनेक समस्यालाई पन्छयाउँदै अघि बढे। यिनै पोखरेल यतिवेला समाजका लागि उदाहरणीय पात्र बनेका छन् ।






















