भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् ।
रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तथा नेमकिपाका प्रभावशाली नेता प्रेम सुवाल ले २८ हजार १४७ मत प्राप्त गरे ।
त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपाने ले ४ हजार २८२ मत प्राप्त गरेका छन् । भक्तपुर–१ लामो समयदेखि नेमकिपाको प्रभाव क्षेत्र मानिँदै आएको थियो । यसपटक भने रास्वपाले उक्त किल्ला भत्काउँदै नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ ।





















