मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्।
यो सहित कांग्रेसले दुई सीट जितेको छ । यस अघि मुस्ताङमा पनि योगेश गौचन थकालीले पनि जित निकालेका थिए।





















