चितवन – भरतपुर महानगरकी निवर्तमान प्रमुख रेनु दाहालको पक्षमा जनलहर देखिएको छ। चितवन ३ वाट आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी दाहाल सोमवार भरतपुर १६ घरदैलो अभियानमा पुग्दा उनको पक्षमा जनलहर देखिएको हो।
महानगरको दुई कार्यकाल पुरा गरेर संघीय राजनीतिमा जाने इरादा राखेकी दाहाल जेनजी आन्दोलनका कारण चुनाव घोषणा भएकाले दोस्रो कार्यकाल पुरा हुन १५ महिना वाकी हुदा महानगर प्रमुखवाट राजीनामा दिएर उम्मेदवार बनेकी हुन।

उनी भन्छिन् यो वाध्यताको उपज हो ८४ को चुनाव ८२ मै आयो राजीनामा दिनुपर्ने वाध्यता भयो। संघीय संसदको उम्मेदवार बनेर घरदैलो अभियानमा जाँदैगर्दा मतदाताको समर्थनवाट आफु निकै उत्साहित रहेको बताउछिन ।
महानगरको जिम्मेवारीमा रहँदा आफुले सबैको साझा मान्छे बनेर काम गरेको सम्झदै दाहाल भन्छिन् मलाई को कहाँ कसले भन्यो भन्दा पनि कहां कति के काम गर्नुपऱ्यो मात्र सोच्ने गरेको बताईन । मैले विकास निर्माणका काममा कही पनि पक्षपात गरिन त्यसैले होला सबैको साथ पाएँ। यो चुनावमा पनि आजका दिन सम्म जुन साथ पाएकी छु म खुशी छु उत्साहित छु।
मेरो पदावली फेरिए पनि चितवनको विकासको हुटहुटी छ। मात्र हिजो कार्यान्वयन गर्ने ठाउँमा थिएँ तपाईहरुको साथ पाएँ गरेर देखाएँ अव नीति निर्माण तहमा जाने तयारीमा छु ।
यो छोरी बहिनी दिदीले गर्न सक्छे भन्ने लागेको छ भने एकपटक काम गर्ने अवसर दिनुहोस । तारा चिन्हमा मतदान गर्नुहोस मैले के गर्नुपर्छ सल्लाह सुझाव दिनुहोस म सिरोधार्य गर्न तयार छु।























