चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ १२ अर्थात (जनवरी २६ ) तारिख सोमबार ‘अष्ट्रेलिया एजुकेशन फेयर २०२६’ गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो ।
हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।
पछिल्लो समय अष्ट्रेलियन सरकारले गरेको भिषाको पोलिसी, मापदण्ड, त्यहांँको अवस्था, काम, अवसर र चुनौतिको बारे विद्यार्थीले युुनिभर्सिटीका प्रतिनिधिसंँग जिज्ञासा राख्न सक्ने छन् । मेलामा अष्ट्रेलियाका प्रख्यात FLinders university, macquarie university, Tasmania, university, Southern cross university का प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, कोर्ष, स्कलरसिप, एडमिसन लगायतका बिषयमा सहभागी विद्यार्थीलाई मदत पुग्ने पौडेलको भनाई छ ।
ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहने उनले बताए । भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा आफ्नै कार्यालय परिसरमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
भरतपुर ओरालो स्थित आफ्नै कार्यालय रोटरी डण्डपानी भट्रराई भवनको चौथो तलामा परिषरमा बिहान १० :३० बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले बताए ।मेलामा आउने सम्पूर्ण सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याप्परहरु समेत रहेको उनले बताए ।
संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।
ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन, ललितपुर, बिर्तामोड गरी छवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ५० वटा शाखा शाखा सञ्चालनमा छन ।





















