काठमाडौँ । नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभाको निर्वाचन अघि नेपाल चिकित्सक संघको निर्वाचन नहुने भएको हो ।
आयोगले माघ ४ गते राती १२ बजे देखि निर्वाचन आचारसंहिता लागेको भन्दै संघको निर्वाचन स्थगित गरेको हो । यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रतिनिधि सभा निर्वाचन अघि चिकित्सक संघको निर्वाचन गर्न मिल्छ कि मिल्दैन भन्दै निर्वाचन आयोगसँग राय मागेको थियो ।
संघले उपत्यका बाहिर माघ २ र ३ गते र उपत्यका भित्र माघ १५, १६ र १७ निर्वाचन तालिका तोकेको थियो ।





















