चितवन – नेपाली कम्युनिष्ट पार्टिकी विकास प्रेमी नेतृ रेनु दाहालले मनोनयन दर्ता गर्नु भएको छ । उहाँले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारीका लागि मनोनयन दर्ता गर्नु भएको हो ।
दाहालले आज बिहान भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर चुनाबका लागि सहभागी हुनुभएको हो ।
उहाँसंगै चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पाटि रास्वपाबाट सोबिता गौतम चुनाव लड्ने तयारी गर्नुभएको छ । जसले गर्दा दुई महिला नेत्रीको प्रतिस्पर्धा हुने देखिन्छ ।





















