माडी – माडी– ४ स्थित खैरहनी माध्यमिक विद्यालयको ५७औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा कवि नेत्रप्रसाद पाठक सम्मानित हुनुभएको छ ।
पञ्चायतकालमा सार्वजनिक जग्गा व्यक्तिगत नाममा जान नदिन सत्यको पक्षमा उभिएर महत्वपूर्ण भूमिका खेलेको योगदानको कदर गर्दै विद्यालयले उहाँलाई सम्मान गरेको हो ।
हाल सोही करोडौँ मूल्य पर्ने जग्गा खैरहनी माविले कृषि भूमिका रूपमा प्रयोग गर्दै आएको छ ।





















