भरतपुर – चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनमा चितवन प्रदर्शनी केन्द्रमा नेटवर्किङ–व्यवसाय प्रदर्शनी–सहकार्य कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले स्वागतसँगै कार्यक्रमको जानकारी गराउनु भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि घिमिरेले यस्ता खाले कार्यक्रमहरुले उद्योगीहरुबीच अन्तरघुलन, आफ्ना उत्पादनहरुको बजारीकरण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । त्यस्तै चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले संघ परिसरमा भएको यस खालेको मेलाहरु समय–समयमा हुन जरुरी रहेको बताउनुभयो ।
विभिन्न प्रकृतिका ३५ वटा स्टलहरुको सहभागिता रहेको मेलामा उद्यमीहरुबीच आ–आफ्नो व्यवसायहरुको अवसर, बजारीकरणको खोजी गर्नको लागि उपयुक्त माध्यम बनेको र उक्त कार्यक्रमलाई प्रत्येक वर्ष पौष ५ गते सञ्चालन गर्ने लक्ष्य लिइएको युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले जानकारी गराउनुभयो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक अनिष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक एवम् कार्यक्रम संयोजक आशिष भण्डारीले गर्नुभएको थियो ।





















