चितवन – लेखा समाज चितवनको साधारण सभा सम्पन्न भएको छ । जिल्लास्थित संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरु प्रहरी सैनिक आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुको भतेरी सामुदायिक वन क्षेत्रमा वनभोज सहित साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु चिरञ्जिवी शर्मा, चुडामणि शर्मा गौतम, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।
लेखा समाजका प्रमुख संरक्षक तथा प्रमुख कोष नियन्त्रक यामनारायण शर्मा र संरक्षक प्रदेश लेखा इकाई प्रमुख सागर कुमार पाठक समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै गरी प्रमुख संरक्षक र संरक्षक ज्यूहरुले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
साधारण सभामा संस्थाको तदर्थ समितिले आ-आफ्ना भए गरेका कामहरु तथा आयव्ययको विवरण प्रस्तुत गरेको थियो भने सो समिति भंग गरी लेखा अधिकृत प्रकाश गौतमको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन गरी सो मण्डलले आगामी २ दुई वर्षको कार्यकालको लागि कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका कोष नियन्त्रक पुर्णभद्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शर्मिला न्यौपाने, राजेन्द्र कुमाल र ऋषि प्रसाद कडुवाल चयन भएका छन् ।
सचिवमा बाबुराम पौडेल, सहसचिवमा युवराज शर्मा, कोषाध्यक्ष नविन भण्डारी, सह- कोषाध्यक्ष रुविना रघुवंशी, सदस्यहरुमा भीमबहादुर विश्वकर्मा, दिनेश पराजुली, कविराज दाहाल,अर्जुन सापकोटा, भक्ति प्रसाद उपाध्याय, डोलराज अर्याल, प्रदिप पौडेल, दामोदर आचार्य र विष्णु घिमिरे चयन भएका हुन् ।





















