काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजे मतदान हुने भएको छ ।
मङ्गलबार हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे केन्द्रीय निर्वाचन आयाेगले जनाएकाे थियो ।
नेतृत्व चयनकै लागि मङ्गलबार साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यस अघि मङ्गलबार दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।
मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
























