चितवन । नेपाली सेनाका महासेनानी सुरेश थापाले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा रहेको कसरा ब्यारेकको निरीक्षण गर्नुभएको छ । ब्यारेकको निरीक्षण पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा महासेनानी थापाले सुरक्षा चुनौती र नेपाली सेनाको भूमिकाको विषयमा निर्देशन दिँदै जनतालाई चेतनशील बनाएर गरिने सुरक्षाका काम प्रभावकारी हुने बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नयाँ गोरख गणले स्थानीय तहसँग समन्वय गरी सुरक्षाका विषयमा उत्कृष्ट काम गरेकोमा सहभागीहरुले गणको प्रशंसा गर्दै आगामी दिनमा अझबढी सहकार्यको अपेक्षा गरेका थिए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त,नयाँ सबुज गण भरतपुर ब्यारेकका गणपति दिनेश लामा, काउन्सिलका निवर्तमान अध्यक्ष प्रकाश ढुङ्गाना,माडी नगरपालिका–१ का अध्यक्ष अमित लामा,भूपू सैनिक चितवनका अध्यक्ष, सञ्चारकर्मी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सुरक्षा व्यवस्थापनका विषयमा विभिन्न विषयमा छलफल भएको कार्यक्रमको सञ्चालन नयाँ गोरख गणका गणपति शिवराम बस्नेतले गर्नुभएको थियो।





















