काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि ‘कोट अफ दि टेबल’ (COT) बन्न सफल भएको छिन् ।
२०८१ सालमा बीमा क्षेत्रमा प्रवेश गरेकी घिमिरेले केवल एक वर्षभित्रै मिलियन डलर राउण्ड टेबल (MDRT) अन्तर्गत COT को लक्ष्य पूरा गरेकी हुन् । साथै, उनी २०२६ का लागि आइएमई लाइफकी पहिलो एमडीआरटी पनि बनेकी छन् ।


विभिन्न चुनौती र प्रतिकूल परिस्थितीबीच निरन्तर प्रयास र समर्पण कारण लक्ष्मीले यो अविस्मरणीय सफलता हात पार्न सफल भएकी हुन् । कम्पनीका अनुसार, उनको व्यावसायिक उत्कृष्टताप्रति अटुट प्रतिबद्धताले कम्पनीका लागि कोसेढुङ्गा स्थापित गरेको छ र यो उपलब्धिले बीमा क्षेत्रमा कार्यरत सहकर्मी तथा नयाँ पेशेवरहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।


कम्पनीका अधिकारीहरूले पनि उनको उपलब्धिमा गर्व व्यक्त गर्दै कडा परिश्रम र दृढ संकल्पले शाखाको प्रतिष्ठा थप उचो बनाएको उल्लेख गरेका छन् । भविष्यमा अन्य अभिकर्ताहरूलाई पनि यो प्रेरणादायी उपलब्धिले अगाडि बढ्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।


आइएमई लाइफ जस्तो प्रतिष्ठित बीमा कम्पनीमा कार्य गर्दै कम्पनीकै पहिलो COT बन्न पाउँदा आफू अत्यन्त उत्साहित रहेको लक्ष्मीले बताइन् । उनले आफ्नो परिवारको साथ र बीमाको बढ्दो आवश्यकतालाई अनुभव गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

























