चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित विशालचोक – कुमारीचोक बजार व्यवस्थापन वडाको पहिलो समिति गठन भएको छ । आज (मंगलबार) शान्ति आमा समूहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी विशालचोक -कुमारीचोक बजार व्यवस्थापन समिति गठन गरिएको हो ।
जसको अध्यक्षमा खगेश्वर लामिछाने (गणेश) लाई चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा राधिका पराजुली, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा नुर प्रसाद खनाल, कोषाध्यक्षमा कमल रेग्मी रहेका छन् ।
यस्तै सदस्यमा सविता पौडेल, निमाकान्त पाण्डे, लक्ष्मी पौडेल, प्रेमबहादुर मगर, कृष्ण ढकाल र श्याम प्रसाद भट्ट रहेका छन् ।
समिती गठनपछि विशालचोक – कुमारीचोक बजार व्यवस्थापन समितिले ६ महिनाभित्र विधान निर्माण लगायतका सम्पूर्ण आवश्यक कार्यहरु सम्पन्न गर्नुपर्ने निर्णय भएको कार्यक्रमको संयोजक एवम् शान्ति टोल विकास समितिका अध्यक्ष सोनु श्रेष्ठले जानकारी दिनुभयो ।
शान्ति टोलका अध्यक्ष सोनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कमलबहादुर मल्ल रहनुभएको थियो ।

यस्तै अतिथिमा जनदय टोल विकास समितिका अध्यक्ष बिष्णु बगाले, समन्वय टोल विकास समितिका अध्यक्ष लिलानाथ पुडासैनी, दीपज्योति टोल विकास समितिका अध्यक्ष एकनारायण पौडेल, सल्लेरी टोल विकास समितिका अध्यक्ष उद्धव श्रेष्ठ, कमलादेवी मन्दिर टोल विकास सस्थाका अध्यक्ष एवम् पत्रकार नबिन बाबु मरहट्टा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरु , बुद्दिजिविहरु, घरधनिहरु , व्यवसायीहरुले सल्लाह , सुझाव सहित मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समन्वय टोल विकास समितिका अध्यक्ष लिलानाथ पुडासैनीले गर्नुभएको थियो ।























