चितवन – नाैरङ्गे टाेल विकास संस्था भरतपुर १२ को २१ औं वार्षिक साधारण सभा एवम् १३ औं अधिवेशन सम्पन्न भएको छ । असोज २५ गते शनिवारका दिन धनेश्वर महादेव मन्दिरकाे सत्सङ्ग हलमा साधारण सभा एवम् १३ औं अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट पुस्तकराज न्याैपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा यवनिधि तिवारी, सचिवमा शान्ता पराजुली, काेषाध्यक्षमा क्याविरध्वज अधिकारी सहसचिवमा बाबुराम अधिकारी चयन भएका हुन् ।
त्यस्तै सदस्यमा गुणराज ओझा, किशोर हमाल, अन्जु खड्का, प्रभा पन्त, कमल बहादुर रसाइली र काली बहादुर दराई चयन भएका हुन् ।
नाैरङ्गे टाेलविकास संस्थाका अध्यक्ष सन्ताेष पन्तकाे अध्यक्षता सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि )काे प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष पुस्तकराज न्याैपानेले स्वागत मन्तव्य राखेका थिए ।
सचिव संगिता थापाले सचिवकाे प्रतिबेदन र काेषाध्यक्ष यवनिधि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नाैरङ्गे टाेलका सल्लाहकारहरु ऋषिराम पाैडेल/लक्ष्मी कुमार श्रेष्ठ/मदनकृष्ण घिमिरे,ज्याेति पुस्तकालयका अध्यक्ष कृष्ण राज मरहट्टा, धनगढा एकीकृत विकास समितिका अध्यक्ष विश्वबन्धु पाैडेल, आमा समुहका अध्यक्ष मनकुमारी जि.सी,धनेश्वर मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष सीता देवी पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमका सभाध्यक्ष सन्ताेष पन्तले आफ्नो कार्यकाल सफल बनाउन सहयाेग गर्नुहुने कार्समितिका पदाधिकारी,सल्लाहकार साथै टाेलभित्र रहेका विभिन्न समितिमा रहेर सहयाेग पुर्याउनुहुने व्यक्तित्वहरुलाई धन्यवाद सहित व्यक्तिगत रुपमा मायाकाे चिनाे समेत प्रदान गरेका थिए ।
टाेलका सल्लाहकारहरु ऋषिराम पाैडेल, कृष्णप्रसाद पाैडेल र मदनकृष्ण घिमिरे सहितकाे ३ सदस्यीय निर्वाचन समितिले ११ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेका हुन् ।
यस्तै ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र २०८१ काे यसईई परिक्षामा उत्कृष्ट अंक हाँसिल गर्ने १ छात्र १ छात्रालाई साम्मान गरिएको थियो । सभामा २०३ जना टाेलवासीकाे सहभागी रहेको थियो।





















