परिस्थितिले जन्माएको राष्ट्रिय स्वतन्त्र पार्टी असारमा बल्ल तिन वर्ष पुग्यो । महाधिबेशन हुन बाँकी नै छ समय तोकिएको छ चुनाव अगाडी वा चुनाव पछाडी लगतै गर्नै पर्छ तर यो विचमा असाध्यै बेमौसमी बाजा बज्दा यति त लेख्नै मन लाग्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकाल नै दुई वर्ष हो त्यो पनि प्रतिस्प्रर्धामा आएर , तर अचानक बेमौसमी बाजा किन बज्यो भन्ने प्रश्न गर्न चाहन्छु । हिजो चौध वर्षसम्म टेलिभिजनमा जनता र देशको हितमा काम गरेर, पुराना दलका नेताहरुले गरेको कु कर्मलाई उजागरण गरेर भ्रष्टको प्रदाफास गरि निडर भई विभिन्न माध्यमबाट आउने धम्कीलाई प्रवाह नगरी आफ्नो काम निरन्तर गरिरहेको रवि लामिछानेलाई जनताले नै राजनितिमा आउन आह्वान गरेर म जस्ता लाखौ जनताले कार्यक्षमतालाई विश्वास गरेर रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भनेर होमिएका हुन् तर आज महाधिवेशन नहुदै रविको विकल्प को भन्ने प्रश्न कहाँ बाट र कस्ले उठाएको हो भन्ने म लगायत लाखौ रविलाइ विश्वास गर्ने व्यक्ति बाट उठिरहेको छ। कतै यस्तो खेल देशको भलो नचिताउने, जनता प्रति उत्तरदायी नहुने र राष्ट्रिय स्वतन्त्र पार्टी लार्इ बलियो भएको देख्न नसक्ने त्यस्ता कुर्णत बाट त भएको छैन अब खोजी गरौं।
विना प्रमाण एक वर्ष देखी कहिले हिरासतमा त कहिले कारागारमा आफ्रना सभापति राजनिति प्रतिशोधको कारण शिकार बनिरहेको बेला यस्ता बेमौसमी बाजा बज्ने जनमानसमा त्रासको वातावरण सृजना भएको छ यस्तो परिस्थितिमा आफ्नो घर बलियो बनाउन आवश्यक छ । राजनीति प्रतिशोध साधेर दर्ता गरिएका मुद्दा खारेजीको माग गरौ, पार्टीलाई जिम्बेवार जवाफदेही र मजबुत बनाउ, गहन छलफल र विश्लेषण गरी काम गर्ने नाममा भएका त्रुटीहरुलाई सच्याएर अगाडी बढ्नुको विकल्प छैन। हुन सक्छ रवि भन्दा विज्ञ पढेलेखेका जानकार व्यक्ति पार्टीमा हुनसक्छन् तर जनताका काम गरेर रविका नामले परिचित होइन आफ्ना नामले परिचित भएर जनताबाट विश्वास जित्नु पर्यो अनि मात्र रविको विकल्प हुन सक्छ ।
तर आजै म रवि भन्दा जान्ने छु विज्ञ छु नेतृत्व लिन सक्छु वा मेरा विचार सबै पार्टीले हुबहु लागु गर्न पर्छ नत्र पाटी छोड्छु वा छोडे भन्ने कुराले केही मात्रामा त पार्टी लाई क्षति होला तर सबैभन्दा बढी क्षती आफैलाई हुनेछ र भैराखेको पनि छ। नेपालमा विज्ञ व्यक्ति धेरै होलान तर जनताको दुःख बुझेको, दुस्मुनसगँ वैचारिक लडाई लड्न सक्ने र देशको माटो जोगाउन सक्ने युवाको आवाज बोल्न सक्ने व्यक्ति आजको परिस्थितीमा रवि लामिछाने मात्र हो । त्यो मैले मात्र भनेको होइन १२ लाख मत अनि ४० लाख हस्ताक्षरले प्रमाणित गरिसकेको छ ।
पुरानो स्थापित भनिएका दलले विकल्प खोज्नु स्वभाविक देखिन्छ तर राष्ट्रिय स्वतन्त्र पार्टी विना बेमौसमको बाजा बजाएर ग्रास रुटका मतदातालाई अन्योल र त्रास सृजना को बाटो कसरी भएको छ । तुरुन्त बन्द गरियोस् । पार्टीमा आर्थिक राजनितिक भार परिरहेको बेला केन्द्र, प्रदेश , जिल्ला, पालिका, वडा ,टोल सबै गाउँमा जिम्बेवार पदमा बसेर बेमौसमको बाजा कसैले नबजाई मौसमी बाजाको लागी पर्खाई गर्न अनुरोध गर्दछु ।
(लेखक सीता ज्ञवाली भरतपुर महानपालिका नगर सभापती हुनुहुन्छ ।)





















