काठमाडाैं । सर्वोच्च अदालतमा आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बिहीबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य सुरु गर्ने निर्णय गरेको हो ।
गत मंगलबार भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिब–करिब नष्ट भएका उल्लेख गर्दै सर्वोच्चले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्ताबेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारीसाधनलगायतमा अकल्पनीय क्षति पुग्न गएको छ । नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिबकरिब नष्ट हुन गएका छन्,’ विज्ञप्तिमार्फत भनिएकाे छ ।
























