काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा पुस्तक बिमोचन गरे ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथि रहेका थिए। पुस्तक ‘संघर्षमा सिरानचोक’ मा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमलाई समेटिएको लेखक पुडासैनीले बताए।
समारोहमा पुस्तक विमोचनसँगै विषयगत छलफल भएको थियो। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने, मोहन पोखरेलले पुस्तकमाथी टिप्पणी गरेका थिए ।























