चितवन । लायन्स क्लव अफ चितवन सप्तरङ्गीको कोषाध्यक्ष लायन सरस्वती कुवर ज्यू को जन्म दिनको अवसरमा नगद रु ७००० (सात हजार) र खाजा सामाग्री भरतपुर ११ स्थित मन्जुश्री असहाय संरक्षण केन्द्रमा सहयोग गर्नुभएको थियो ।
२०८२ साउन ३ गते शनिबार तद अनुसार 19th July 2025 का दिन लायन सरस्वती कुवर ज्यू ले आफ्नो विशेष दिनको अवसरमा मन्जुश्री असहाय संरक्षण केन्द्रको आश्रममा आश्रित छोराछोरी संग जन्मदिन मनाउनु भएको थियो ।

जन्मदिनको कार्यक्रममा प्रमुख अतिथि MJF लायन दुर्गालक्ष्मी श्रेष्ठ हनुहुथ्यो । यस्तै विशिष्ठ अतिथिमा MJF लायन राजेन्द्र गौतम , सह अध्यक्षता लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी की अध्यक्ष लायन दुर्गा सुवेदी , लायन्स क्लब अफ गैडाकोट की अध्यक्ष सकिला परियार , लायन्स क्लब अफ नारायणगढ सप्तरङ्गीका सचिव तथा पदाधिकारी ,मन्जुश्री असहाय संरक्षण केन्द्र का संस्थापक अध्यक्ष मन्जु खाण रहनु भएको थियो ।
सहयोग कार्यक्रममा सप्तरङ्गीका विभिन्न लायन्स क्लबका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ चितवन सप्तरङ्गीका अध्यक्ष शोभा बरालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसै गरि जन्मदिन कार्यक्रममा मन्जुश्री असहाय संरक्षण केन्द्र का संस्थापक अध्यक्ष मन्जु खाण ले सहयोग गर्नुभएकोमा कोषाध्यक्ष लायन सरस्वती कुवरलाई धन्यबाद दिनुभएको थियो । अध्यक्ष खाण ले जन्मदिन विशेष तरिकाले मनाउन पाउँदा खुशी तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
यस्तै प्रमुख अतिथि एम जे एफ लायन दुर्गा लक्ष्मी श्रेष्ठ ज्यू ले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बच्चाहरुलाई सहयोग गर्ने क्लब तथा सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।





















