काठमाडाैं । बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन हेर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा ८२ कर्मचारीलाई एकैपटक हटाइएको छ ।
करारमा कार्यरत सबै कर्मचारीलाई आर्थिक वर्ष सकिएसँगै हटाइएको हो । समितिमा कार्यरत स्थायीबाहेक सबै कर्मचारीलाई हटाइएको हो । यसरी, एकैपटक कर्मचारी हटाउँदा संसद् बैठकसमेत प्रभावित हुने अवस्था रहेको स्रोत बताउँछ ।
खासगरी विद्युत्, खानेपानी, एसीलगायत काम गर्ने कर्मचारीसमेत नभएपछि संसद् बैठकसमेत प्रभावित सम्भावना रहेको एक कर्मचारीले बताए ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । कार्यकर्ता नियुक्तिका लागि पुराना कर्मचारी हटाइएको आरोप लागेको छ । गोदावरी सभा हल पनि सोही समितिका कर्मचारीले हेर्दै आएका छन् ।
























