चितवन – भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १४ करोड चार लाख, जनसहभागीता÷श्रमदानबाट पाँच करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र वडास्तरमै ठूलो लगानी गर्ने गरी आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाको नगरसभामा आज (आइतबार) महानगरपालिकाको तर्फबाट उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
विभिन्न शीर्षकमा विनियोजन गरिएको भरतपुर बजेट यस्तो छ :-
पूर्वाधार निर्माण (अधुरो आयोजना, नयाँ परियोजना) : रु ८४.५० करोड
वडा स्तरीय योजनाहरू : रु ९४.७८ करोड
शिक्षा क्षेत्र : रु १०.५० करोड
स्वास्थ्य क्षेत्र : रु ३.२५ करोड
कृषि तथा पशुपालन : रु ९ करोड
डिजिटल प्रविधि र सुशासन : रु ५० लाख
महिला, बालबालिका, दलित, समावेशीकरण : रु १.५० करोड
विपद् तथा प्रकोप व्यवस्थापन : रु ५ करोड + १ करोड कोष
प्रशासनिक खर्च : रु ७८ करोड
प्रत्येक वडा न्यूनतम रु ३.२१ करोडदेखि अधिकतम रु ३.४० करोडसम्म बजेट पाउनेछ ।
यस्तै भरतपुर महानगरपालिकाले विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड रुपैयाँ छुटटाएको छ । पछिल्ला वर्षमा सुरु गरिएर अधुरा रहेका पूर्वाधार आयोजना, निर्माणाधीन भवन, सडक, पुल आदिका लागि भरतपुर महानगरले यो वर्ष रु ८४ करोड ५० लाख बजेट छुट्याएको हो ।
महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले आज नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको वजेटमा त्यसरी अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुटटाइएको उल्लेख छ ।
त्यसरी अधुरा योजना पूरा गर्न निम्न अनुसारको बजेट छुटटाइएको छ ।
रु ६० करोड : अधुरा निर्माण सम्पन्न गर्न
रु २४.५० करोड : ठेक्का प्रक्रियाबाट बक्यौता भुक्तानी
थप रु २५ करोड : एकीकृत सहरी विकास योजना
रु २ करोड : हाउस नम्बरिङ कार्य
























