काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकार लचक बन्नुपर्ने बताएका छन् ।
बुधबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै पुनले बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टिनुपर्ने बताएका हुन्।
‘सदन चलाउनुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौँ, त्यसमाथि छलफल हुनुपर्छ। त्यसअघि खासगरी भिजिट भिसासम्बन्धी प्रकरणलाई सरकारले सल्टाउनुपर्छ, सरकार लचक बन्नुपर्यो, किन इस्यू होइन भन्नुपर्यो।
कि प्रतिपक्षले उठाएको इस्यू बेठीक छ भन्न सक्नुपर्छ कि सही छ भने छलफलमार्फत टुङ्ग्याउनुपर्छ’ उनले भने । गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।





















