चितवन – नेपाल कम्युनिष्ट पार्टीका महानगर सचिव दिपक ढकालको नेतृत्वमा बुधबार डेड दर्जन नेता तथा कार्यकर्ताले नेकपा परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।
प्रबेश गर्नेहरुमा अधिकांश महानगर समिति देखि वडा समितिसम्म उक्त पार्टी र जन बर्गिय संगठनको कुनै न कुनै जिम्मेवारिमा रहेर काम गरी राखेकाहरु छन भने केहि अन्य पार्टीबाट समेत ढकालको नेतृत्वमा पार्टी प्रबेश गर्न आएका थिए । बुधबारको यस पार्टी परित्यागले नेकपा चितवनलाई ठुलै झड्का लागेको छ ।
ढकालको पार्टी त्यागले नेकपाको महानगर समीति अपांग भएकोछ भने पुरै कमिटिले पार्टी परित्याग गर्दा वडा नं ७ पार्टी र युवा कमिटी बिहिन बन्न पुगेकोछ । टुट्फुट्ले न संगठन बन्छ न पार्टी सशक्त नै बन्न सक्छ यसले सबैलाई कमजोर बनाएको छ सबै संगठीत भएर अघि बढे मात्र हामी पुन ६४ सालको जस्तै बलियो बन्न सक्छौं त्यो भनेको धुर्बिकरण नै हो अनि बिकल्प क . प्रचण्डले नेतृत्व गर्नु भएको माओबादी केन्द्र नै हो भन्दै बांकी रहेका साथीहरुलाई समेत छिट्टै धुर्बिकृत हुन ढकालको आग्रह थियो ।
समाजवाद सबैको लक्ष हो ।तर टुक्रिएर समाजबाद आउंदैन अब मिल्नुको बिकल्प नभएको उहांको तर्क थियो ।

धुर्बिकृत हुनु भएका नेकपाका नेता/ कार्यकर्ताहरु : दिपक ढकाल( महानगर सचिव), अरुण बहादुर रानाभाट( वडा नं ७ सचिव), राम चन्द्र ढकाल( वडा नं ७ सदस्य) बिर बहादुर गुरुङ्गुरुङ्(वडा नं ७ सदस्य) तिर्थ राज पोख्रेल (वडा नं ७ सदस्य), बिष्णु कुमार श्रेष्ठ( युवा संगठन नेपाल महानगर समिति सदस्य एव वडा नं ७ अध्यक्ष )),प्रीन्स दुरा( युवा संगठन नेपाल महानगर समिति सदस्य) प्रज्वल कुवंर( युवा संगठन नेपाल वडा नं ७ उपाध्यक्ष )योगेन्द्र पाण्डे (युवा संगठन नेपाल वडा नं ७ सदस्य), नरेश कुमार श्रेष्ठ (युवा संगठन नेपाल वडा नं ७ सदस्य), राज बिक्रम तिवारी( युवा संगठन नेपाल वडा नं ५ सदस्य), राहुल खत्री (वडा नं ५ )),सिताराम पोख्रेल (नेपाली कांग्रेस- ७), राजु स्वर्णकार (वडा नं -९), राम क्षेत्री –(वडा नं ३) रबिन तामाङ (वडा नं ७) ।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रका आदरणीय अध्यक्ष साथै पूर्व प्रधानमन्त्री क. प्रचण्डले धुर्बिकृत सबैलाई टिका र खादा लगाएर पार्टी प्रवेश एवं स्वागत गर्नु भएको थियो भने आजको यस धुर्बिकरणले चितवन अझ सशक्त र मजबुद बन्दै गएको यसले सकारात्मक सन्देश प्रबाह गरेको भन्दै खुसी ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमा माओबादी केन्द्रका जिल्ला देखि महानगरसम्मका सबै नेताहरुको उपस्थिति थियो ।





















