काठमाडौं / कोरनाले गर्दा भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना संक्रमण बढेको भन्दै सरकारले भारतीय नागारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।
गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सरकारका प्रवत्ता समेत रहनु भएका ,सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको खतिवडाले बताउनुभयो ।





















