काठमाडाैं । आफु गृहमन्त्री रमेश लेखकको साथी हुँ भन्दै सरकारी कर्मचारीहरुलाई धम्काउने एक व्यक्ति पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा- ३ घर भएका ५० वर्षिय राजकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।
उनले आफु गृहमन्त्रीको साथी हुँदै भन्दै साझा स्वास्थ्य सेवा, चाबहिलका कर्मचारीलाई फोन गर्दै आफु अनुकुल काम गर्न धम्काउदै आएका थिए ।
कर्मचारीकै उजुरीका आधारमा उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको एसपी काजी कुमार आचार्यले बताए । उनी ब्रेन वे कम्पनीका कर्मचारी भएको खुलेको छ। उनको गृहमन्त्री लेखकसँग कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।
अन्य केही कर्मचारीलाई पनि उनले आफु भुमी व्यवस्था मन्त्रीको पिए हुँ भनेर धम्काएको अनुसन्धानमा खुलेको छ ।





















