काठमाडौं / त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ।
आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए।
उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग हिजो बुधबार नै सिल गरि बन्द गरिएको छ ।
आकस्मिक विभागमा रहेका कर्मचारीको आज बिहीबार पिसीआर परीक्षण गरिने र अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने दासले बताए।
अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा दासको भनाइ छ।





















