चितवन । ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भारतमा ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ बाट सम्मानित भएका छन् ।
प्रगति फाउण्डेसनद्वारा उत्तर प्रदेशमा आयोजित द्वितीय अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोह २०२५ मा उनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । भरतपुर निवासी अधिकारी लामो समयदेखि रगत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले हालसम्म २० पटक रक्तदान गरिसकेका छन् भने सयौं रक्त अभियानहरु र हजारौं व्यक्तिहरुलाई पुनर्जीवन दिन सफल भईसकेका छन । आइतबार आयोजित औपचारिक कार्यक्रममा अधिकारीलाई यो सम्मान प्रदान गरिएको उनले बताए ।
उक्त अभियानमा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय समितिका सहित १३ सदस्य सम्मानित भएका छन् ।





















