काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।
कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेका थिए ।
ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको ठूलो जत्थाले हस्तक्षेप गरेको हो । उनीहरुले कर्मचारीलाई निस्किन चेतावनी दिएका थिए ।
मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।
मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् ।
गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।
काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिएका छन् ।





















