काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निर्णय गरेकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हाे ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । यसअघि पनि पटक पटक स्पष्टीकरण सोधेको थियो ।





















