स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेकामध्ये अहिलेसम्म १९ क्याम्पस अध्यक्षमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।
त्यसका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ। १९ क्याम्पसको स्ववियु अध्यक्षमा क्रान्तिकारीको नेतृत्व निर्विरोध निर्वाचित भएको केन्द्रिय सदस्य सन्देश अधिकारीले सान्दार अनलाईन डट कमलाई जानकारी दिए। उम्मेदवारी मनोनयनका लागि दिइएको समय सकिएको छ।
यी हुन् क्रान्तिकारीका उम्मेदवार अध्यक्ष निर्वाचित भएका क्याम्पस
सहयोगी क्याम्पस काठमाडौँ – प्रदिप श्रेष्ठ
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी धादिङ – अभिषेक थपलिया
शितल क्याम्पस रूकुम पश्चिम – प्रकाश डाँगी
जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक – सुस्मिता श्रेष्ठ
शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङमा – बम धामी
राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम – सुप्रिम वली
गल्बा क्याम्पस हुम्ला – रिमिलाल बुढा
सिम्रुतु क्याम्पस रुकुम पश्चिम – दिपेन्द्र ओली
शंकरपुर क्याम्पस, पस्ती दार्चुला – जानकी टमटा
श्रीकृष्ण क्याम्पस – सबिन श्रेष्ठ
सन्जिवनी क्याम्पस काभ्रे – दिपक राना मगर,
प्रभा क्याम्पस काभ्रे – सुजन चौलागाईं
बनगार्ड क्याम्पस सल्यान – जीवन विष्ट
सिद्धपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङ – सुदीप चौधरी
सिंजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
लिकु संयुक्त क्याम्पस डोल्पा- राजेन्द्र गिरी
सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम- वीरमान भण्डारी
कर्मैया आदर्श जनता क्याम्पस सर्लाही- रेवेन्द्र दाहाल
स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम- टेकराज विश्वकर्मा(रसाइली)
कतिपय क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेकपा एमाले निकट अनेरास्ववियु लगायतसँग तालमेल गरिएको उनले बताए।





















