चितवन – माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित पत्रकार एवं शिक्षक भुपराज पाठकको निधन भएको छ ।
उनी बिगत लामो समयदेखी क्यान्सर रोगको उपचारको क्रममा थिए ।पछिल्लो समय उनलाई क्यान्सर सङ्गै क्षयरोग पनि देखिँदा उपचारमा कठिनाइ बढिरहेको थियो ।
भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ७ बजे उनको निधन भएको हो ।





















