चितवन – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले महासंघको १९ औँ स्थापना दिवसका अवसरमा भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयलाई करिव २०० थान किताब उपलब्ध गराएको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्के, चितवन शाखाका पूर्वअध्यक्ष पंकज अग्रवाल, सल्लाहकार महेन्द्र कोइराला लगायतको उपस्थितिमा उपाध्यक्ष वीरबहादुर न्यौपानेले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोलाई किताब उपलब्ध गराएका हुन् ।
विभिन्न कारणबाट प्रहरी हिरासतमा रहेका थुनुवाहरूलाई यी किताब मार्फत समय व्यवस्थापन, सकारात्मक परिवर्तन साथै चेतना अभिवृद्धि गराउन मद्दत पुग्ने कार्यक्रम संयोजक राममणि अधिकारीले बताए ।
























