चितवन – १५ औँ संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव शुरू भएको चौथो दिनमा करिब १ लाख ५० हजारदर्शकहरुले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
उद्घाटन अघि र्यालीमा सहभागी भएका, उद्घाटन कार्यक्रममा सहभागी भएका, उद्घाटनका दिनभर सहभागी भएका, महोत्सवको दोस्रो , तेस्रो र चौथो दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब एक लाख ५० हजारले अवलोकन गरेको तथ्यांक निकालिएको सुवेदीले बताए ।
चौथो दिन आईतबार महोत्सव परिसर नारायणी नदीकिनार भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्थ्यो । पैदलयात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदीकिनारमा जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
![]()





















