सिमरा / सिमरा स्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ११ जना कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतवार एक १ सय २३ जना मजदुर तथा कर्मचरीमा गरिएको पिसिआर परिक्षण मंगलवार ११ जनामा संक्रमण पृष्टि भएको हो। संक्रमितहरुमध्ये ५ जनालाई सिमरा स्थित होटल सगुनमा क्वारेनटाईनको रुपमा राखिने तयारी भइरहेको छ भने ५ जना भारतीय नागरिक र १ जना राजविराज स्थायी ठेगाना भएका व्यक्त्ती भएको जगदम्बा स्टिल प्रालिका कुमुद ढकालले बताए।
हामीले तत्काल संक्रमितको सम्र्पकमा आएकाहरुको पिसिआर परिक्षण शुरु गर्दैछौं, ‘ढकालले भने, ‘सरकारकाले तोकेको मापदण्ड भित्र बसेर उद्योग सञ्चालन हुन्छ।’ पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा कार्यरत कर्मचारी तथा मजदुरहरुमा कोरोना संक्रमण पृष्टि भएपछि हाल करिडोरका आधा दर्जन उद्योगहरु बन्द भएका छन्। इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले संक्रमितको सम्पर्कमा आएकाको तत्काल पिसिआर परिक्षण गर्ने उद्योग प्रशासनलाई सुचित गरिसकेको जनाए।
‘तत्काल उद्योग सिल गर्नोस् भन्दा राज्यलाई असर पर्ने देखिएकोले मध्यमार्गी भएर जानुको विकल्प छैन,’ ढकालले भने, ‘हाम्रो क्षमताले धान्न नसक्ने गरी संक्रमित देखिए भने उद्योग सिल गनुपर्ने हुन सक्छ तर, अहिलेलाई उहाँहरुले सरकारले तोकेको मापदण्डमा बसेर उद्योग सञ्चालन गनुपर्छ।’
झण्डै ३ हजार ४ सय मजदुरले कार्यरत जगदम्बा स्टिल यो करिडोरको सबैभन्दा ठूलो उद्योग हो।





















