काठमाडौं / गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको छ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना कल्पना मुडभरी (पौडेल) लाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेकाे हो।
उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन्। उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ।
प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन्। प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेकाे छ ।
चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो।घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ ।





















