काठमाडौं – भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपदबाट प्रभावितहरूका लागि १ करोड ११ लाख ११ हजार १११ रूपियाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सोमबार बालुवाटारमा गुरुङले प्रधानमन्त्री केपी ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । ओलीले सहयोग रकमको चेक गृहमन्त्री रमेश लेखकलाई बुझाएका छन् ।विपतका बेला व्यवसायी गुरुङले सरकारको राहत कोषमा आर्थिक सहयोग गर्दै आएका छन् ।
उनले विभिन्न सामाजिक काममा पनि सहयोग गर्ने गरेका छन् ।





















