रत्ननगर – रत्ननगर नगरपालिका वडा नं ८ रमाइलाे सुकुम्बासी बस्तीका बाढी पीडितलाई राहत वितरण गरिएकाे छ । सपना भिलेज साेसल इम्प्याक्टले २० घरधुरी सुकुम्बासीलाई राहत वितरण गरेकाे हाे ।
उनीहरुलाई प्रतिघरघुरी २० किलाे चामल, दुई किलाे दाल, दुई लिटर तेल, दुई पाेका मस्याैरा र एक किलाे नुन प्रदान गरिएकाे सपना भिलेज साेसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
असाेज १२ गते बुढी राप्ती नदीमा आएकाे बाढी सुकुम्बासी बस्ती डुवानमा परेकाे थियाे । बस्ती डुवानमा परेेपछि त्यहाका सुकुम्बासी समुदायलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाे थियाे ।
रत्ननगरका मेयर प्रलाद सापकाेटा, उपमेयर यादव प्रसाद पाठक, वडा नं ७ का वडाध्यक्ष सजना महताे, बाघमारा वनका अध्यक्ष जीतु तामाङले स्थानीयकाे सहयाेगमा बाढीकाे जाेखिममा परेका सुकुम्बासीहरुलाई उद्दार गरि ग्रिन साेसाइटी नेपालकाे भवनमा राखिएकाे थियाे ।
अबस्था सामान्य भएपछि बस्ती फर्किएका २० घरधुरीलाई राहत वितरण गरिएकाे सपना अध्यक्ष गिरीले बताए ।
























