चितवन । भरतपुर अस्पतालको निर्णयभरतपुर अस्पतालमा कार्यरत विकास समिती मातहतका कर्मचारीमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन् ।
अस्पतालले विकास समिति अन्र्तगतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको हो । अस्पतालको भाद्र १६ गते बसेको बैठकले २०७५ साल अगाडी नियुक्त भएका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जानको लागि आवहान गर्ने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए ।
पहिलो चरणमा भरतपुर अस्पतालमा सबै दरबन्दीमा पाँच वर्ष लगातार काम गरेका करिब तीन सय जना आवद्ध गराइनेछ । लगातार पाँच वर्ष लगातार काम गरेकालाई गरिनेछ ।
अस्पतालको निर्णयले कर्मचारी खुसी छन् । यो निर्णयले अस्पतालमा कार्यरत कर्मचारीको भविष्य सुनिश्चित गरेको अस्पताल विकास समिति कर्मचारी संघका केन्द्रीय अध्यक्ष सञ्जय बरालले बताए ।
‘एउटा एऐतिहासिक निर्णय भएको छ , ’ बरालले भने , ‘ अस्पताल विकास समितीमा कार्यरत कर्मचारीहरुको भविष्य सुन्दर, सुरक्षित एवम् बलियो बन्न पुगेको छ । अवाकास पाएपछि खाली हात फर्कन पर्ने छैन ।
सबैले कर्मचारीहरुले अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको टिम र मे.सु. डा. कृष्ण पौडेलको टिमलाई धन्यवाद दिएका छन् ।
भरतपुर अस्पतालमा चिकित्सक , स्वास्थ्यकर्मी सहित करिब एक हजार सय कर्मचारी कार्यरत छन् । जस मध्ये विकास समिति अन्तरगत ज्यालादारी , मासिक करार , दरबन्दीमा करार गरी ६ सय जना छन् ।





















