गैडाकोट – २०८१ /०५/ २९ गते बाल दिवसको अबसर पारेर अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट कलेजले +2 level inter college quiz competition आयोजना गर्न लागेको छ ।
उक्त कार्यक्रममा + 2 का बिद्यार्थीहरुका लागि मात्रै भएको हुदा देसै भरिका बिधालय बाट भाग लिन आउन आयोजकले आह्वान गरेको छ ।
यस कार्यक्रममा युवाराज सापकोटा , शिशिर नेपाल , नबिन न्यौपाने , आकृती श्रेष्ठ , लिसारा बराल , श्रीजना भन्डारी, अवय साह , समर्पण मगर , नारायण पौडेल , आभास आचार्य आयोजक सदस्यमा रहेका छन् ।
भने थप जानकारी र आफ्नो टिमको नाम दर्ता गर्नको लागि लिसारा बराल ९८२५४८८६५६ , आभास आचार्य ९८६५५४४६७९ लाई सम्पर्क गर्नको लागि आयोजकले बताएका छन् ।

बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।






















