तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य रेखा शर्माले जनयुद्धकै बलमा परिवर्तन आएको बताएकी छन्। बिहीबार पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला दाङ पुगेकी शर्माले जनयुद्धलाई हिंसा देखे फेरि विद्रोह हुने चेतावनी दिइन्।
उनले मुलुक शान्ति प्रक्रियालाई टुँगो लगाउने दिशामा अघि बढिरहेको अवस्थामा यस्तो अभिव्यक्ति मान्य नहुने बताइन्। उनले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा र्पुयाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिइन्।
सांसद शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन्।





















