चितवन – चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएको छ ।
भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ । मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको होस्टलमा राखेको थियो । ‘छोरालाई बोडर्स गरेर राखेकोले म ढुक्क थिए आमा सरिता क्षेत्री भन्नुभयो, स्कुलबाटै राम्रो सँग केयर हुन्छ भनेर होस्टल राखियो, तर होस्टलबाटै छोरो हरायो ।’
सबै तिर खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार अहिले चिन्तित र तनावमा छन् । छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भावेश्वर रिजालले बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो । बालक स्कुलबाट हराएको भन्ने जानकारी राती १० बजे आएको बताउँदै उहाँले भन्नुभयो, ‘खोजी कार्य अघि बढाइ सकेका छौं ।’
स्कुल परिवारले सबै निकायलाई खोजि गर्न आग्रह गरेका छन् ।
सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बेपत्ता भयो विद्यार्थी
सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बेपत्ता भयो विद्यार्थी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















