चितवन – चितवन जिल्लालाई कर्म र अध्ययनको थलो बनाई चितवनमा रहेका सुदुरपश्चिम र कर्णाली प्रदेशका युवाहरुले आफ्नो सस्कृती रीति थिती र सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सामाजिक संजालको सक्रियतामा समन्वय र सहजीकरण गरि नारायणी नदि किनारमा सुदुरपश्चिमेली तथा मध्य पश्चिमेलिहरुको महान चाड गौरा पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रथम देउडा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको परीकल्पना चितवनको भरतपुर महानगरपालिकामा कार्यरत राजस्व शाखा प्रमुख रमेश जोशी र शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत अर्जुन सिह मडैले गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व सुदुरपश्चिम सम्पर्क समाजका अध्यक्ष रमेश जोशीले गर्नु भएको थियो।

उक्त कार्यक्रममा विभिन्न पेशा ब्यबसाय र अध्ययनको सिलसिलामा चितवन तनहुँ , मकवानपुर र नवलपुर लगायतका जिल्लामा रहेका सुदुरपश्चिमेलिहरुको भब्य उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा देवघाट गाउपालिकामा कार्यरत स्थानीय तह कर्मचारी फोरमका केन्द्रिय महासचीव दिपक धामिले गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत अर्जुन सिंह मडैले राख्नु भएको थियो। साथै सस्कृती सभ्यताको जननी भएको र यसको जगेर्ना गर्ने हेतुले भूगोल परीस्थिती र परीबेस आत्मसात गर्दै सबैको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रामपुर माध्यमिक बिद्यालयका शिक्षक शंकरदेव बिष्टले गौरा पर्वको जगेर्ना गर्न आगामी बर्षबाट निरंतरता गर्दै यसको सम्बर्द्धनमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमको संचालकको भुमिकामा रहेका शिक्षक बलराम जोशीले सस्कृती सस्कार र सभ्यताको संरक्षण नै हाम्रो वास्तविक पहिचान भएको र यसका खातिर सबैले मन वचन र कर्मले लाग्नु पर्ने कुरामा जोड दुनुभएको थियो। कार्यक्रमको ब्यबस्थापकको भुमिका भरतपुर महानगरपालिका लेखा शाखामा कार्यरत लेखापाल प्रकाश बहादुर पातलिले गर्नुभएको थियो।
सोमबार श्रीकृष्ण जन्माष्टमी को दिनमा सुदुर र कर्णाली क्षेत्रको बिशिस्ट पहिचान बोकेको गौराको महिमा गाउदै उपस्थिति सबैले पर्वको महत्व बोध गर्दै ११ सदस्यीय सुदुरपश्चिम चितवन सम्पर्क समाजको तदर्थ समिती गठन गर्दै कार्यक्रम समापन भएको थियो ।





















