छोरी अनि बुहारी ,दुबैजना नारी हुन्।
कत्ती छैन फरक, बराबरी हुन् ।
समाजमा बुहारीलाई ,हेर्ने नजर फरक छन् ।
पराई घरकी छोरी भन्दै ,हेप्ने गर्छन् झन् ।
कतिले त दाईजो ल्याईन भन्दै, मार्छ्न बुहारीलाई ।
यस्तै गरे कस्तो हुन्छ, आफ्नो छोरीलाई ।
छोरी पाउने आमालाई ,कतिपिडा भा होला ।
सुस्मिता को कान्ड हेर्नुस् ,सबलाई थाहा होला ।
दशै धारा दुध ख्वाएर ,दशै महिना बोकेर ।
लोहोरोले टाउको फुटाई मार्य बिचरा ।
ससुरा र नन्दले, किचन मा राखेर ।
सुस्मिता को ज्यान लिए टाउको थिचेर ।
आफ्नो पनि होलान् छोरी ,दिनु पर्छ पराईलाई ।
छोरी सरह माया गर्न, सिकौ बुहारीलाई ।
अर्काको छोरी भन्छौ, ती पनि त नारी हुन
छोरीले भन्दा धेरै ,लाउछिन यिनले गुन ।
दुस्ख बिमार् पर्दाखेरी, हेर्ने यिनै बुहारीले ।
एकछिन आर कठै बरा ,भन्छिन छोरिले ।
ज्वाईले धेरै माया गर्दे हुन्थ्यो , भन्छौ छोरीलाई ।
रिसैउठछ छोरालेमाया ,गर्दा बुहारीलाई ।
छोरी बुहारी हाम्रो लागि, दुबै हुन्नी बराबर
श्रीमान को माया पाउने ,उन्को अधिकार ।
ज्वाईले कति माया गर्छन् ,भन्छौ हाम्ले छोरीलाई
भन्दैनौनी छोराले माया ,गरोस् बुहारीलाई ।
अल्लि चर्को डाको गर्न, थाल्यो भने छोराले ।
बुहारीलाई दोष दिन्छौ , उसकै कुराले ।
केही गरेनी शुखछैन ,कठैबरा बुहारीलाई
चित्त दुख्छ ज्वाईले गाली ,गर्दा छोरिलाई ।
छोरी बुहारी बाराबरी, सोचौं हामिसबैले ।
बुहारी माथी छड्के नजर ,नलाम कसैले
जन्मदिने आमा बाबा ,बिर्सिएर आकिछन ।
त्यसैगरी हाम्री छोरी पनि , गाकी हुन ।
छोरी दिई बुहारी ल्याउनु , घरलाई स्वर्ग बनाउनु ।
असल सासू बनेर ,नाम कमाउनु ।
जस्ले आफ्नो छोरी सरह ,ब्यवहार गर्छन् बुहारीलाई ।
अवस्य घर स्वर्ग सरि ,बन्छ बरिलै ।
पर्दैनन् बुढेसकालमा, बृद्धआश्रम जानलाई ।
हासि खुशी हाम्रो सेवा ,गर्छिन बरिलै ।
छोरी दिई बुहारी ल्याए ,स्वर्ग जस्तै बनोस् घर ।
मेरालागि छोरीबुहारी ,दुबै बराबर ।
सासू आमा बन्दिननी म ,साथी सरह भैदिन्छु ।
जहाँ जाम भन्छिन ,बुहारी ले उतै गईदिन्छु ।
छोरी सरह बुहारीलाई ,गर्छु माया जतिनी
माईतिघरको याद आउन ,दिन्न कत्तिनी ।
छोरी बुहारी बराबरी , राखौ हाम्ले भावना
यो तिजको सबैलाई ,शुभकामना ।
( जानी नजानी यहाँ हरु समक्ष मैले बुहारीलाइ पनि माया गरौ भन्ने तिजको भाखा मा यो गित लेखेकी छु आफ्नै लय शब्दमा राम्रो नराम्रो जे जस्तो भएपनी सबैले पढेर प्रतिकृय दिनुहोला)
रश्मी लामिछाने ( खनाल )
भरतपुर ११ चितवन
धन्यवाद नमस्कार !!





















