काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट गणतन्त्र प्राप्त भएको बताएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको बताएका हुन्।
राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताए। राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पंचायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारले बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको बताए।





















