चितवन / चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलोग्राम को बच्चा जन्माएकी छिन् ।
मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन् ।
आमामा उच्च रक्तचाप देखिएको र बच्चा ठूलो भएकाले अप्रेसन गर्न नसक्ने भन्दै हेटौडा अस्पतालबाट आइतबार रिफर भएकी महिलाको अप्रेशन गरेर बच्चा निकालिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त आचार्य डा. इन्द्रनारायण श्रेष्ठ, डा. रेनुका ताम्राकार सहितको टोलीले अप्रेशन गरेको थियो । चिकित्सकका अनुसार समान्यतया बच्चाको तौल २.५ केजी देखि ३.५ केजी सम्म हुने गर्दछ ।
अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । आमा सीता लोप्चनको तौल ११२ केजी रहेको हुनाले पनि अप्रेसन जटिल थियो ।
![]()





















