चितवन – गौरवशाली संगठन अखिल (क्रान्तिकारी) भरतपुर महानगरपालिका समितिको सम्मेलन तयारी बैठकबाट संयोजकमा आकर्षक खतिवडा चयन भएका छन् ।
त्यस्तै सचिवमा सन्देश अधिकारी , कार्यलय सदस्य सचिन भट्ट, समिर गोदार, कृतिमान सुनार , देबराज अधिकारी , राजेश लामिछाने, निर्मल दवाडी, बिपिन रिजाल, नितिन बसौला, राजु खड्का , शकर बिक, अनुस्का मानन्धर, सुरज भण्डारी, अमृत अधिकारी, सजित राज मरहट्टा , योगेश न्यौपाने, सन्देश कैनि, बिकास ढकाल , विज्ञान लामिछाने , आशिष पराजुली चयन भएका छन् ।

तयारी बैठकमा महानगरपालिकाको संयोजक क. पिंकलराज पन्तको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य एवम बागमती प्रदेश कार्यालय सदस्य क. ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा अतिथीहरु नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम भरतपुर महानगरपालीका इन्चार्ज क. निशा न्यौपाने, नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला संयोजक क. आरसि अधिकारी, नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला सचिव द्रोणबाबु शिवाकोटी, नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालीका अध्यक्ष क.ईश्वर सापकोटा सुमन, अखिल (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष क. सुरज सिंह ठकुरीको विशिष्ठ आतिथ्यतामा एवं केन्द्रिय सचिव, क. सरोज भण्डारी, सागर अधिकारी, अशोक देबकोटा सचिवालय सदस्य दिपक पोखेल कृष्ण सुनार, केन्द्रिय सदस्य रुकु बस्नेत, शुसन पौडेलको उपस्तिथिमा जिल्ला पार्टी कार्यालय कृष्णपुरमा सम्पन्न गर्दै २०८१ भदौ १५ गते भित्र अखिल (क्रान्तिकारी) भरतपुर महानगरपालिका समितिको पहिलो ऐतिहासिक सम्मेलन सम्पन्न गर्ने गरि अखिल (क्रान्तिकारी) महानगर समितिमा प्राविधिक समितिलाई समायोजन गरि २१ सदस्यीय कार्यालय निर्माण सहित कार्यविभाजन गरिएको हो ।





















