सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए।
राति करिब १ बजेतिर धारिलो हतियार प्रहार गरी हत्या भएको उनले बताए। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनायो।





















