गोरखा । गोरखामा माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आइतवार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
आइतवार दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्न गएका मध्ये नेपालीको मत्यु भएको हो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।





















