भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा संचालित एक महिने प्रतिवेदन लेखन तथा मादल बजाउने सिप विकास तालिमको एक कार्यक्रमको विच समापन भएको छ ।
नमुना टोलवासीका महिलाहरुलाई हातमा एउटा सिप सिकाउने हेतुले भरतपुर वडा नं. १० ले उक्त सिप कार्यक्रमको एक महिना अगाडि देखिनै थालनी गरेको थियो । उक्त तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नमुना टोलका महिलाहरुले सिप सिक्न प्रेरणा दिएको भन्दै वडाका प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा टोलका उपाध्यक्ष चिन्तामणी कंडेलले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गणेश मन्दिर व्यवस्थापन समितीका अध्यक्ष थानेश्वर कंडेल तथा कार्यक्रममा उपस्थित अतिथी तथा विशिष्ठ अतिथी, प्रमुख अतिथीलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा प्रशिक्षक लेखनाथ न्यौपाने, विशिष्ठ अतिथी वडाका सदस्य रेशमराज थापा, प्रमुख अतिथी वडा सदस्य सुर्यबन्दना हमाल, टोलका अध्यक्ष ह्दयनाथ घिमिरे लगायतले मायाको चिनो तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रम सहभागी सिता अधिकारीको संयोजकत्व तथा वडाका सदस्य सुर्यबन्दना हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरुद्धारा आफुहरुले सिकेको सिपलाई सदुपयोग गरि मादल बजाएर नाचगान गर्दै आफुहरु लगायत उपस्थित सबैलाई नचाएर कार्यक्रम समापन भएको थियो ।





















