चितवन । विश्व रक्तदाता दिवसमा आज भरतपुरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स सोसाईटी नेपालको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी अस्पतालरोड, मालपोत चोक, कर कार्यालय चोक, भरतपुर अस्पताल, सप्तगण्डकी चोक हुँदै पुनः चौबीसकोठीमा पुगेर सम्पन्न भएको छ ।
प्रभातफेरीमा सहभागीहरुले रक्तदान–जीवनदान, १८ औं जन्मदिन रक्तदान गरेर मनाऔं, समाज कल्याणमा दिनलाई योगदान गर्नेगरौं नियमित रक्तदान, मैले त रक्तदान गरे अनि तपाईले नि ? विश्व रक्तदाता दिवस सफल पारौं जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
सोसाईटीका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानप्रति जागरुकता ल्याउन प्रभातफेरी आयोजना गरिएको बताउनुभयो ।






















